सोमबार, वैशाख ३१, २०८१

कुनैबेला आफु मदिरामा नराम्ररी डुबेको श्रुति हसनको खुलासा

नेपालखोज २०७६ माघ १५ गते ९:५५

एजेन्सी । साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन् । हालै ३४औं जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी थिइन् ।

उनलाई एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण उनले फिल्मबाट नै ब्रेक लिएकी थिइन् । अभिनेत्री श्रुति साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । फिल्ममा आउनु अघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन् ।

उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि अभिनय गरेकी थिइन् ।

यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी छन् । कुनै समय तामिल स्टार सिद्धार्थसँग उनको नाम जोडिएको थियो । विज्ञापनमा समेत खेलेकी उनी यतिबेला फिल्म क्षेत्रबाट टाढिँदै गएकी छन् ।

प्रतिक्रिया