शुक्रबार, चैत १६, २०८०

फेक न्यूजविरुद्धको अभियानमा जोडिए अभिनेता महेश बाबु

नेपालखोज २०७७ वैशाख २६ गते १६:४५

एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रका कलाकारहरु फेक न्यूजविरुद्धको अभियानमा लाग्दै गर्दा दक्षिण भारतीय सुपरस्टार महेश बाबु पनि त्यसमा जोडिएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा गलत समाचारले समाजमा भ्रम सिर्जना गर्ने गरेकाले आफू पनि यसमा जोडिएको महेशले बताएका छन् । उनले फेक न्यूज समाजका लागि ठूलो खतार भएको औल्याएका छन् ।

अहिले दक्षिण भारतीय कलाकारले सामाजिक सञ्जालमा ‘किल फेक न्यूज’ र ‘किल कसिप वेबसाइट’ ह्यासट्याग चलाएका छन् । यसलाई समर्थन गर्दै अभिनेता महेशले लेखेका छन्, ‘म मेरो सुन्दर तेलुगू फिल्मी उद्योग बचाउन चाहन्छु ।’

पैसाको लोभमा नबोलेको कुरालाई फैलाउने गरिएको उनले आरोप लगाएका छन् । यसले वर्षौ लगाएर कमाएको प्रतिष्ठा र गोपनीयताबारे भाम्रक कुराहरु प्रकाशन हुनु दुखद भएको उनको भनाइ छ ।

प्रतिक्रिया