बिहीबार, जेठ ९, २०८२

आगलागीबारे छानबिन गर्न  समिति गठन

नेपालखोज २०७७ जेठ २१ गते १४:०१

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए । समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिइएको छ ।

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करीब रु चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए । आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सो भवनमा १८ कोठा छन् । त्यहाँ विद्युत् सेवा नभएकाले सौर्य ऊर्जाबाट काम हुँदै आएको थियो ।

प्रतिक्रिया