सोमबार, वैशाख ३१, २०८१

सलमान खान फेरि अर्को विवादमा तानिए, गोवा प्रवेशमा रोक लगाउन माग

नेपालखोज २०७६ माघ १७ गते ८:२३

एजेन्सी । कुनै नकुनै विवाद तानि रहने बलिउड अभिनेता सलमान खान फेरि एउटा अर्को विवादमा तानिएका छन् । गोवा एयरर्पोटमा अभिनेता खानसँग सेल्फी खिच्ने क्रममा एक फ्यानको फोन खोसेको भिडियो भाइरल भएसंगै खान विवादमा मुछिएका हुन् ।

आक्रोशित अभिनेता खानबाट दुव्र्यवहार भए लगत्तै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनु पर्ने माग काँग्रेसनिकट भारतीय विद्यार्थी संघले गरेको छ । उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन् । तपाईले गर्नु भएको व्यवहार अपमानजनक लाग्यो । त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

प्रतिक्रिया