क्रिकेट टीमका मुख्य प्रशिक्षक उमेश पटवालले दिए राजीनामा
नेपालखोज
२०७६ माघ २० गते १९:१८
माघ । विश्वकप लिग – २ अन्तर्गत नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज सुरु हुनु भन्दा दुई दिन अगाडि नै राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।
घरेलु मैदानमा हुने महत्वपूर्ण खेलको दुई दिन अघि पटवालले तलबमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । विश्वकप लिग – २ मा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । तर उनले ८ महिनामै राजीनामा दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया