सरकारले वार्षिक बजेट संशोधन ग¥यो, राजश्व लक्ष्य पनि ९५.६ प्रतिशतमा सिमित
काठमाडौँ । सरकारले बुधबार चालु आर्थिक वर्षको अर्ध वार्षिकको समीक्षा गरेको छ। समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार नै घटाएर अर्ध वार्षिकको समीक्षा गरे । अर्थ मन्त्रालयमा भएको बजेट समीक्षामा सरकारले चालु आर्थिक वर्षको वजेट प्रस्तुत गर्दा १५ खर्ब ३२ अर्ब आकारको बजेट ल्याएको थिए । तर माघ २९ गते बुधबार भएको अर्ध वार्षिक समीक्षामा अर्थमन्त्री खतिवडाले वजेट संशोधन गरि १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँमा झारे ।
साथै चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च खर्चको गर्ने लक्ष्य लिएको छ । सरकारले चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान समेत अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
राजश्व लक्ष्य पनि संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशतमा झारिएको छ। राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनामा प्रगति हुने बिश्वासमा पूँजीगत खर्च शंसोधित अनुमान अनुसार हुने अर्थमन्त्रीको विश्वास छ । अर्थमन्त्रीले गत आर्थिक बर्षको बजेटको समीक्षा गर्दा पनि आकार घटाएका थिए ।
प्रतिक्रिया