आइतबार, जेठ २०, २०८१

‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुभारम्भ

नेपालखोज २०७६ माघ २९ गते १९:२४

पोखरा । “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नारासाथ पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पोखरा प्राविधिक शिक्षालयमार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो ।

देशका तीन ठाउँबाट पाइलट प्रोजेक्टको रुपमा शुरु यस अभियानको आज पोखरामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गरे । उनले अबको युग सीप र प्रविधिको युग भएकाले सीपमा पनि नवीनतम सोच आवश्यक रहेको बताए । परिषदका, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले सिटिभिटीले वार्षिक ७४ हजार ८६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालीम सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया