कञ्चनपुरमा ७ महिनामा दुर्घटनामा परि १८ को मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा दिनहुँजसो दुर्घटना भइरहेका छन्। तीव्र गति, जाँडरक्सी खाएर गाडी चलाउने तथा छाडा चौपाया आदि कारण यहाँको सडक यात्रा असुरक्षित बन्दै गएको छ ।
गत माघ ९ गते भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिपरले किचेर आफ्नै बिहेको कार्ड बाँडेर घर फर्किंदै गरेकी गोबरियाकी रमिता भट्ट (रोशनी)को मृत्यु भयो। माघ २३ गते भीमदत्त नगरपालिका–१० बागफाँटामा म २ प ७३५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भीमदत्त नगरपालिका–१९ बागफाँटाकी स्थानीय ८० वर्षीय तुलसीेदेवी चन्दको ज्यान गयो।
तीन दिनमा कञ्चनपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाको मोटरसाइकल दुर्घटना भएकोे एक हप्ता नबित्दै माघ २८ र २९ फेरि सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाउनु प¥यो ।
माघ २८ गते मंगलबार शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा से १ क १९१६ नम्बरको जेसिबीको ठक्कर भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश वादीको मृत्यु भयो भने त्यसै अर्को दिन माघ २९ गते बुधबार कृष्णपुर नगरपालिका–२ वाणीमा से १ त १२७३ नम्बरको ट्रकको ठक्करबाट कैलाली गोदावरी नगरपालिका–१० का मोहन चौधरीको मृत्यु भएको थियो ।
प्रतिक्रिया