आइतबार, वैशाख १६, २०८१

कंगनाको नयाँ फिल्म ‘तेजस’ को लुक सार्वजनिक

नेपालखोज २०७६ फागुन ६ गते ८:५०

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘तेजस’को फस्ट लुक सार्वजनिक भएको छ । हालसालै प्रदर्शनमा आएको कंगना अभिनित पंगाले बक्स अफिसमा खासै व्यापार नगरे पनि तेजसले कंगनाको करियरलाई माथि लैजाने बलिउड समीक्षकहरुले बताएका छन् ।

फिल्ममा कंगनाले भारतीय सेनाको पाइलटको भूमिकामा देखिनेछिन् । उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै फिल्मलाई बहादुर सेनाहरुप्रति समर्पित गरेकी छन् ।

फिल्मलाई सर्वेश मेवाडाले निर्देशन गरेका छन् । कंगला यतिबेला तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक थलाइवीको सुटिङमा व्यस्त छिन् । थलाइवीको सुटिङ सकेर बल्ल उनी तेजसको सुटिङमा लाग्ने बताइएको छ ।

उनले तेजस फिल्ममार्फत् आफ्नो बाल्यकालको इच्छा पूरा हुने बताइन् । ‘म सधैं सेनाको भूमिकामा पर्दामा देखिन चाहन्थे । यो मेरो बच्चैदेखिको सौख हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रतिक्रिया