बिहीबार, चैत १५, २०८०

टाइगर श्रफ बाघी–३ को सुटिङमा घाइते

नेपालखोज २०७६ मंसिर ११ गते ९:३९

एजेन्सी । बलिउड स्टार टाइगर श्रफ बाघी–३ को एक एक्सन फाइट सिन गर्दा घाइते भएका छन् । बलिउडमा एक्सन स्टारका रुपमा स्थापित भएका टाइगर श्रफको नृत्य र एक्सनबाट करौडौं दर्शक प्रभावित छन् ।

टाइगरले अहिलेसम्म जति चलचित्रमा काम गरेका छन्, दर्शकले नृत्य र एक्सन दुवै हेर्न पाएका छन् र त्यत्तिकै रुचाएका पनि छन् ।

भारतीय संचारमाध्यमका अनुसार उनीसँगका समकालिन कलाकारले उनको जत्तिको राम्रो नृत्य र एक्सन सिन गर्न सक्दैनन् । हालै भएको बाघी–३ को सुटिङका क्रममा घाइते भएका अभिनेता टाइगर यतिबेला भने ठिक भइसकेका छन्।

टाइगरले आफ्नो इन्स्टामा एक फोटो पोस्टगर्दै आफू सुटिङका क्रममा घाइते भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया