शुक्रबार, चैत १६, २०८०

मलंग २०२० को तेस्रो हिट फिल्म बन्न सफल, झन्डै ५० करोड कमायो

नेपालखोज २०७६ फागुन ८ गते ९:४०

एजेन्सी । मोहित सूरी निर्देशित बलिउड फिल्म ‘मलंग’ बक्स अफिसमा रिलिज भएको दोस्रो हप्ता भयो । उसले राम्रो कमाइ गरिरहेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

यो फिल्मले बक्स अफिसमा ५० करोड भारु अर्थात् नेपाली झन्डै ८० करोड रुपैयाँ कमाएको छ । ट्रेड एनलिस्ट रमेश बालाले मलंगलाई हिट फिल्मको दर्जा दिएका छन् ।

यो फिल्म सन् २०२० मा तेस्रो हिट फिल्म बन्न सफल भएको छ । मलंगमा अनिल कपूर, आदित्य राय कपूर, कुणाल खेमू र दिशा पाटनी मुख्य कलाकार छन्।

प्रतिक्रिया