शुक्रबार, वैशाख १४, २०८१

नयाँ वर्ष मनाउन बलिउड नायिका मल्लिका शेरावत लुम्बिनीमा

नेपालखोज २०७६ पुष १७ गते ८:५८

एजेन्सी । बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् ।

मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् ।

यसका साथै उनले डिसेम्बर २९ मा लुम्बिनीको तोरीबारीमा दौडिएको स्लो मोसन भिडियो पनि पोष्ट गरेकी छिन् । यसलाई उनले आफ्नो ‘डिडिएलजे मोमेन्ट’ भनेकी छिन् ।

फिल्म दिलवाले दुल्हनीया ले जाएङ्गेलाई छोटकरीमा डिडिएलजे भनिन्छ । यसमा फिल्मकी नायिका काजोल शाहरुख खानलाई भेट्न तोरीबारीमा दौडिएकी थिइन् ।

प्रतिक्रिया