सोमबार, भदौ ३१, २०८१

अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा

नेपालखोज २०७६ फागुन १२ गते १८:५२

सिन्धुली । आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार पैदल यात्रुलाई ठक्कर दिने सवारी पत्ता लगाई कारवाही गर्ने पीडित पक्षसँगको मौखिक सहमतिका आधारमा राजमार्ग सञ्चालन भएको हो ।

आज बिहान स्थानीय अन्दाजी ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिइ घटनास्थलमा नै मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले बिपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ तल्लो बारामा सडक अवरुद्ध पार्दै आएका थिए । स्थानीयको अवरोधका कारण रोकिएका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिएको आशङ्कामा स१ख ५८२ नंको मिनीट्रक उदयपुरबाट नियन्त्रण लिइएको छ ।

प्रतिक्रिया