आइतबार, असोज २०, २०८१

मगर एकता दिवसमा सार्वजनिक विदा दिइने

नेपालखोज २०७६ फागुन १३ गते १४:१०

पाल्पा । फागुन १५ गते परेको ३८ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय बिदा दिने निर्णयबारे जानकारी गराए ।

मगर बाहुल्य रहेको सो नगरपालिकामा नगर कार्यपालिकाको फागुन ११ गतेको निर्णय बमोजिम बिदा दिइएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया