शनिबार, वैशाख १५, २०८१

बिहान सबेरै उठेर यी काम गर्नुस्, दिनभर दिमाग फ्रेस हुन्छ

नेपालखोज २०७६ फागुन १६ गते ६:५२

१. बिहानै उठेर केही पढ्ने
पढ्ने कार्यले दिमाग तेजिलो बनाउछ, दैनिक जस्तो व्यस्तताले हामीलाई पढ््ने समय कम मिल्दछ । बिहान पढ्ने बानी राख्दा दिमाग ताजा हुन्छ । बिहानको समयमा कुनै किताब, अखबार, पत्रिका वा केहि अनलाइन आटिृकल पनि पढ्न सकिन्छ । विशेषज्ञका अनुसार बिहानै पढ्नाले पुरै दिन आरामले गुज्रनेछ , साथमा दिमाग सहि दिशामा चल्नेछ ।

२. ध्यान गर्ने
तपाईँको पुरै दिन आनन्दले बिताउनको लागि दैनिक ध्यान जरुरी हुन्छ । ध्यान गर्नाले तपाई काममा केन्द्रित भई मनै देखि गर्न सक्नुहुन्छ । यसका साथै ध्यानले डिप्रेशन र तनाव पनि कम गराइदिन्छ । ध्यान गर्नाले आत्मिक शान्ती मिल्नसका साथै तपाईलाई वरिपरिका वातावरणप्रति जागरुक बनाइदिन्छ । ध्यान तपाईको दिमागको लागि सबैभन्दा स्वस्थ एक्सरसाइज हो ।

३.बैकग्राउंड म्युजिक
बिहान उठेपछि आफुलाई मनपर्ने म्युजिक बजाउनु् पर्छ । ब्रेकफास्ट तयार भइन्जेल म्युजिक बजाइराख्नु पर्छ । यो म्युजिक चर्को नभई मधुरो हुनु पर्छ । मधुर संगीतमा दिमाग प्रोडोक्टिविटी बढाउदछ, विज्ञहरुले भनेका छन् क्लासिकल म्युजिकले व्यक्तिको सोच्ने क्षमता बढाउदछ ।

४.चुनौतीपुर्ण खेल खेल्ने
बिहानै उठेर दिमागलाई दौडन शुरु गराउनु पर्छ । यसको राम्रो एक्सरसाइजको लागि चुनौतिवाला खेल खेल्नु उत्तम हुन्छ । चाहे त्यो अखवारको होस् वा पजल होस् अथवा अनलाइन खेल होस् स्वस्थ दिमागको कारण नशा पनि बलियो हुन्छ ।

५.शारीरिक कसरत
शारीरीक कसरतको असर दिमागमा पनि पर्ने गर्छ । कसरत गर्दा सम्झने शक्ति तेजी हुने गर्छ । कसरत गर्दा रगत सर्कूृलेशन बढी हुन्छ, कसरतको साथमा दिमागको पनि कसरत हुने गर्छ ।

 

प्रतिक्रिया