आइतबार, वैशाख १६, २०८१

ताप्सी पन्नुको ‘थप्पड’ बक्स अफिसमा सफल

नेपालखोज २०७६ फागुन २१ गते ८:३७

काठमाडौँ । शुक्रबार रिलिज भएको बलिउड फिल्म थप्पडले बक्स अफिसमा झण्डै १७ करोड कमाई गर्न सफल भएको छ । पहिलो दिन तीन करोडको कमाई गरेको यस फिल्मले शनिबार पाँच करोडको कमाई गर्न सफल भएको थियो ।

१० करोडमा निर्माण भएको यस फिल्मले तीन दिनमा नै लगानी उठाउन सफल भएको थियो । अभिनेत्री ताप्सी पन्नुको प्रमुख भुमिका रहेको यस फिल्ममा घरेलु हिंसाबारे आवाज उठाइएको छ । यस फिल्मले राम्रो रिम्भु पाएको छ । यस फिल्मलाई अनुभव सिंहाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया