आइतबार, वैशाख १६, २०८१

क्रिकेटर कपिल–रोमीको अन्दाजमा रणवीर–दीपिका

नेपालखोज २०७६ फागुन ७ गते ९:५५

एजेन्सी । क्रिकेटर कपिल देवको बायोपिक फिल्म ‘८३’को नयाँ तस्बिर सार्वजनिक गरिएको छ । फिल्म युनिटले रणवीर सिंह र दीपिका पादुकोनको तस्बिर सार्वजनिक गरेको हो ।

जसमा कपिलको अन्दाजमा रणवीर सिंह देखिएका छन् भने कपिलकी पत्नी रोमी देवको अन्दाजमा दीपिका पादुकोन देखिएकी छन् ।

दीपिकाले यो फिल्ममा आफ्नो भूमिकाबारे सञ्चारकर्मीलाई सुनाउँदै भनेकी छन्, ‘भारतीय खेलकुदको इतिहासमा सबैभन्दा प्रतिष्ठित क्षणमध्येको महत्पूर्ण भूमिका मैले निर्वाह गरेकी छु । जुन एकदमै सम्मानित रहेको मैले महसुस गरेकी छु ।’

उनले पतिको पेसा र ब्यक्तिगत चाहनाप्रति एक पत्नीको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा आफ्नो आमाबाट थाहा पाएको बताइन् । ‘८३’ फिल्म तिनै महिलाहरुप्रति समर्पित रहेको दीपिकाले बताइन् ।

‘यो फिल्म तिनै महिलाहरुप्रति समर्पित छ, जसले आफ्नो पतिको सपनालाई आफ्नो सपना बनाउँछन्,’ उनले भनेकी छन् । कविर खान निर्देशित फिल्म अप्रिल १० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया