बिहीबार, वैशाख १३, २०८१

‘द कपिल शर्मा शो’ मा कोरोनाको प्रभाव, सुटिङ रोकियो

नेपालखोज २०७६ चैत ५ गते ८:५९

एजेन्सी । कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिरहेको छ । भारतीय अधिकारीहरुका अनुसार १४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि भारतका सबै राज्यले सतर्कता अपनाएका छन् । यसैबीच कोरोना भाइरसको महामारीले हिन्दी सिनेमा बलिउड ठप्प भएको छ । महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेका छन् ।

समाचार अनुसार कोरोना भाइरसकै कारण बलिउडका धेरै फिल्मको सुटिङ रोकिएका छन् भने टिभी शोका सुटिङहरु पनि स्थगित गरिएका छन् ।

भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको छ । सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको बताइएको छ ।

त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन् । मुम्बईका कमशिनरले फिल्म सिटीमा भइरहेका सबै सुटिङ स्थगित गर्न निर्देशन दिएका थिए ।

जसका कारण कसौटी जिन्दगी की २ पनि प्रभावित बनेको छ । फिल्म सिटी ३१ मार्चसम्म बन्द गर्न निर्देशन दिइएको बताइएको छ ।

प्रतिक्रिया