बिहीबार, वैशाख १३, २०८१

कोरोना रोकथाम कोषमा प्रभु वैकको १ करोड १ लाख सहयोग

नेपालखोज २०७६ चैत २१ गते १०:१०

काठमाडौं । मुलुक यतिखेर महामारीका रुपमा विश्वभर फैलिरहेको कोरोना भाईरस संक्रमणको चपेटामा छ । सरकारले महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारले कोष नै खडा गरिसकेको छ । जुन कोषमा सामाजिक संस्थादेखि ठूलो व्यवासायीहरुले पनि सहयोग गर्ने क्रम जारी छ ।

मुलुकमा देखिएको संकटको अवस्थामा वित्तिय क्षेत्रमा आफ्नो पकड कायम गरिरहेको प्रभु वैकले पनि सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सामाजिम उत्तरदायित्व अन्गर्तत प्रभु वैकले सो कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको वैकले जनाएको छ । प्रभु वैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहयोग स्वरुप उपलब्ध गराइएको रकमको चेक प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई प्रदान गरेका हुन् ।

राष्ट्रिय संकटका बेला प्रभु वैकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग सरकारलाई दिँदै आईरहेको छ । अहिले पनि कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले प्रभु वैकले सो रकम उपलब्ध गराएको वैकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रभु वैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अहिलेको विषय परिस्थिति र संकटको अवस्थामा आम नागरिकहरुको सुरक्षाका लागि वैकले सहयोग गर्न पाएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले वैकले उपलब्ध गराएको सहयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निकै योगदान पुग्ने बताए ।

प्रतिक्रिया