आइतबार, वैशाख १४, २०८२

सिन्धुलीमा २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष

नेपालखोज २०७६ चैत २१ गते १५:३७

सिन्धुली । सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । हालसम्म सिन्धुलीमा एक व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

यस्तै कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको गाउँमालिकाले जनाएको छ ।

प्रतिक्रिया