गण्डकी प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन
नेपालखोज
२०७६ चैत २१ गते १६:१३
कास्की । गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा १३३ सघन उपचार कक्ष , ५४ भेन्टिलेटर र ३ हजार ७४९ क्वारेन्टाइन बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइमा छन् भने एक हजार ८५ होम क्वारेन्टाइनमा छन् ।
त्यस्तै १७७ आइसोलेशन बेड रहेकामा पाँच जनालाई आइलोशनमा राखेर उपचार गरिएको छ । कोरोना सम्बन्धी पोखराका चार अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको प्रदेश सरकारले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया