आइतबार, वैशाख ३०, २०८१

लायन्स क्लबद्वारा पिपिई सहयोग

नेपालखोज २०७६ चैत २१ गते १६:२७

म्याग्दी . म्याग्दी लायन्स क्लबले बेनी अस्पताल र म्याग्दीका स्थानीय तहलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानले कोरोना शंकास्पद र संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, चिकित्सक र एम्बुलेन्स चालकले प्रयोग गर्ने ५२ थान पिपिई उपलब्ध गराएको हो ।

बेनी अस्पताललाई ३४ थान र छ स्थानीय तहलाई १८ थान पिपिई उपलब्ध गराइएको क्लबका डेपुटी चिफ एडभाइजर सन्तोष रावलले जानकारी दिए । उनका अनुसार मंगला, मालिका, धवलागिरी, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकालाई सामग्री उपलब्ध गराइएको   हो ।

सामग्री प्राप्त भएपछि स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित भएर काम गर्ने वातावरण मिलेको छ । क्लबले गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ र गोरखा जिल्लामा १४३ थान पिपिई उपलब्ध गराएको जनाइएको छ ।

प्रतिक्रिया