सोमबार, माघ २३, २०७९

जानकीमा एकद्वार प्रणालीबाट राहत

नेपालखोज २०७७ वैशाख ८ गते १३:१०

कैलाली । कैलालीको जानकी गाउँपालिकामा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताए।

उनका अनुसार ५७१ क्विन्टल ६० केजी चामल, २८ क्विन्टल ५८ केजी दाल, २८ क्विन्टल ७८ केजी नून, दुई हजार ८५७ लिटर तेल र पाँच हजार ६७६ साबुन वितरण गरिएको छ ।

प्रतिक्रिया