शुक्रबार, चैत १६, २०८०

कैलालीका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखोज २०७७ वैशाख ५ गते १५:२६

कैलाली । धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सञ्चारकर्मीलाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नगरप्रमुख वडले यहाँ सञ्चारकर्मीका लागि ४०० थान मास्क, ४० बट्टा सेनीटाइजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया