शुक्रबार, वैशाख १२, २०८२

गरिमा धानको २० प्रतिशत राहत स्थानीय तहमा

नेपालखोज २०७७ वैशाख २२ गते १४:४५

चितवन । नक्कली बीउका कारण बाला लाग्न नसकेको गरिमा धानबाट पीडित कृषकलाई सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहमा पठाएको छ । एक साताअघि यहाँका स्थानीय तहमा सो रकम आएको हो । चितवनसहित १३ जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको सो जातका धानका कारण रु १७ करोड बराबरको लागत खर्च नोक्सान भएको थियो । त्यसको न्यूनतम समर्थन मूल्य रु २३ करोड रहेको छ । तत्कालका लागि सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहलाई पठाएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सो जातका धान लगाएका सबै स्थानीय तहमा रकम आइसकेको छ । सहजता हेरेर ती स्थानीय तहले राहत रकम बाँड्ने तयारी गरिरहेको उनले जानकारी दिए । एकै स्थानमा भीड हुने भएकाले वडा कार्यालयमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया