लकडाउन प्रभाव : नियमित औषधी नपाउँदा बझाङमा एक महिलाको मृत्यु

नेपालखोज २०७७ वैशाख २२ गते १७:५०

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर १ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित खाने औषधी खान नपाएर सोमबार आज विहान मृत्यु भएको छ । धलौन घर भएकी ४७ बर्षिया कंकादेवी बोहराको अस्पतालमा मृत्यु भएको हो ।

मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ बर्ष देखी नियमित औषधि सेवन गर्ने गरेकी थिईन् । विगत एक बर्ष देखी सदरम्ुकाम चैनपुरमा नै डेरा गरि बस्दै आएकी कंका बोहराले खाने गरेको नियमित औषधि दुई साता अघि सक्किए पछि उनको स्वास्थ्य कमजोर हुदै गएको थियो ।

जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले खाने नियमित औषधि उनले सेवन गर्न छोडेकै कारण उनको मृत्यु भएको बताएका छन् । डाक्टर ओखेडाले भने ‘मुटुको भल्वमा समस्या भएकी बोहराले नियमित खानु पर्ने औषधि दुइ हप्ता अघिदेखी औषधि नपाएर खान छोडेको रहेछ गम्भिर अवस्थामा अस्पतालमा आएकी बोहराको प्रयास गर्दा गर्दै ज्यान बचाउन सकिएन ।’

मुटुको समस्या भएकी बोहरा आफ्ना पाँच वर्ष र सात बर्षका छोराहरुको साथमा चैनपुरमा डेरा गरि बस्दै आएकी थिईन् । मृतक बोहराले आफ्नो नियमित खाने औषधि सक्कीएपछि आफ्नो स्वास्थ्यमा अफ्ठेरो भै रहेको आफन्तहरुलाई समेत जानकारी गराउदै आएकी थिईन् ।

उनको डेरा नजीकै बस्ने करिस्मा विकले लकडाउनको यो समयमा उनको समस्या सम्बन्धित निकायमा नपुग्दा उनको मृत्यु भएको जानकारी दिइन् ।

प्रतिक्रिया