खोलाले बगाउँदा मृत्यु
नेपालखोज
२०७७ वैशाख २४ गते १३:१७
हेटौँडा । मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृतक खनाल काठमाडौँको कालिमाटीमा तरकारी व्यवसाय गर्ने गर्थे । लामो समयको लकडाउनका कारण इपादेउरालीमा रहेको घर फर्किएका उनीलाई मोटरसाइकलमा स्थानीय कोगटे खहरेले मोटरसाइकलसहित बगाएको थियो ।
गए राति काठमाडौँबाट बा४४प ६०५८ नंको मोटरसाइकलमा घर आउँदै गरेका खनाललाई भारी वर्षापछि आएको खहरेले मोटरसाइकलसहित बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया