श्रमिक महिलालाई राहत दिने महिला संघको घोषणा
काठमाडौं । नेपाल महिला संघले अलपत्र परेका श्रमिक महिलाहरुको उद्धार गर्ने भएको छ । ७७ वटै जिल्लाबाट काठमाडौंमा आई लकडाउनका कारण काम गर्न नपाएर अलपत्र परेका सुत्केरी, अपागं र दृष्टिविहीन महिलाहरुलाई महिला संघले उद्धार तथा राहत दिने भएको हो ।
सबै जिल्लाका सक्रिय महिला नेतृहरुबीच भएको अनलाइन कुराकानीमा विभिन्न जिल्लाबाट काठमाडौं आइ दैनिक ज्यालामा काम गर्ने अशक्त महिलाहरुलाई राहत दिने महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले जानकारी दिइन् ।
महिला संघले काठमाडौंमा अलपत्र परेका महिलाहरुलाई घर पठाउने र अन्य जिल्लामा अलपत्र परेकालाई पनि उनीहरुको गन्तव्यसम्म पुर्याउने गरेको अध्यक्ष नेपालले जानकारी दिइन् ।
अप्ठ्यारो परेका महिलाहरुले राहत तथा उद्धारका लागि विष्णु पुडासैनी ९८४१४१४४२५, गीता नेपाल ९८५११७९८७०, राज्य लक्ष्मी श्रेष्ठ ९८५१२३७७६७, गोमा केसी ९८५१०४६७९९, कुशुम थापा ९८४१३२९३१८, सरस्वती ढुगांना ९८५११८९७९७ मा सम्पर्क गर्न सक्ने जनाएको छ ।
प्रतिक्रिया