सीमा विवाद : ओली र मोदीको पुत्ला दहन

नेपालखोज २०७७ वैशाख २९ गते १४:३२

काठमाडौँ । नेपाली भूमीमा भारतले अतिक्रमण गरेको विरोधमा उत्रिएकाहरु पक्राउ परेका छन् । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका हुन् । राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । तर, प्रहरीले विरोधमा उत्रिएको नभई लकडाउनको नमानेकाले नियन्त्रणमा लिएको बताएको छ ।

विरोधमा उत्रेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

प्रतिक्रिया