आइतबार, वैशाख १४, २०८२

संक्रमित भेटिएका सप्तरीका युवकको गाउँ नै सिल

नेपालखोज २०७७ वैशाख ३० गते १५:२७

सप्तरी । कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका सप्तरीको युवकको गाउँ नै ‘सिल’ गरिएको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना संक्रमित युवकको गाउँ सिल गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैल टोल र वरिपरिको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आइतबार क्वारेन्टिनबाट घर पठाइएका डाक्नेश्वरी नगरपालिका–३ बस्ने १८ वर्षीय एक युवकमा हिजो कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएलगत्तै घर पठाइएका युवकलाई तत्काल राविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

युवकमा कोरोना पुष्टि भएपछि उनका आमा, हजुरआमा र हजुरबुबाका साथै उनले भेटेका सबैलाई क्वारेन्टिनमा भर्ना गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

प्रतिक्रिया