मन्त्रीपरिषदबाट स्वीकृत नेपालको नयाँ नक्सा सार्वजनिक
नेपालखोज
२०७७ जेठ ७ गते १४:४५
काठमाडौं । भारतले चीन जोड्ने बाटो निर्माण गरेको लिम्पियाधुरा क्षेत्र नेपालको भएको भन्दै सो क्षेत्र समेत समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रीपरिपद्बाट नयाँ नक्सा स्वीकृत भएसँगै आज भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले आज पत्रकार सम्मेलन मार्फत नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
७० वर्षपछि नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको छ । विगतदेखि नै भारतले मिच्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नयाँ नक्सामा समेटिएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको बताइन् ।
सम्बन्धित

प्रतिक्रिया