बिहीबार, वैशाख १३, २०८१

‘राधे’ बिक्री नगर्न सलमान खानलाई चलचित्र वितरकको पत्र

नेपालखोज २०७७ पुष २० गते १४:५३

भारतका चलचित्र वितरक संघले ओटिटीलाई ‘राधे’ चलचित्र बिक्री नगर्नको लागि सलमान खानलाई पत्र लेखेका छन् ।

वितरकले सलमान खानको चलचित्र हलमा प्रदर्शन गर्न सके ठूलो पर्दामा दर्शक फर्कने अपेक्षा गरेका छन् ।

कोरोना भाइरस महामारीले लकडाउन भएको भारतमा अहिले सिनेमा हल सञ्चालनमा आएका छन् ।

पत्रमा सलमानलाई चलचित्र हलमा लाखौँ मानिस रोजगार रहेको र ‘राधे’ लाई चलचित्र हलमा प्रदर्शन गर्नु ठूलो ‘इदको उपहार’ हुने बताएका छन् ।

सलमान खानले राधे ओटिटी प्लेपटर्फमा २५० करोडमा बिक्री गर्न लागको खबर सार्वजनिक भएको थियो ।

यो चलचित्रमा दिशा पाटनी, रणदिप होड्डा, ज्याकी स्रोफ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र सन् २०२० को इदमा प्रदर्शन हुने बताइएको थियो तर कोरोना भाइरस महामारीले चलचित्र प्रदर्शन रोकिएको छ ।

अहिले चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया