शुक्रबार, वैशाख १२, २०८२

कोरोना आशंकामा भर्ना गरीएका ३ सय ३४ जना डिस्चार्ज

नेपालखोज २०७७ जेठ ३० गते १३:५३

बैतडी । सुदूरपश्चिम प्रदेशका १५ अस्पतालबाट कोरोना संक्रमणको आशंकामा भर्ना गरीएका ३ सय ३४ जनालाई आज डिस्चार्ज गरिएको छ ।

कोरोनाका शंकास्पद लक्षण र आरडिटी पोजेटिभ देखिएकालाई डिस्चार्ज गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट १ सय २१ जना रहेका छन् ।

यस्तै जिल्ला अस्पताल अछामबाट १९, जिल्ला अस्पताल बझाङबाट १८ , टीकापुर अस्पतालबाट १४, जिल्ला अस्पताल बैतडीबाट १०, जिल्ला अस्पताल बाजुराबाट ८ जना रहेका छन् । गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्रबाट पाँच– पाँच जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया