शुक्रबार, वैशाख १४, २०८१

ऋषेश्वरलाई रीस उठेन !

नेपालखोज २०७७ असार ११ गते १६:५२

२०३६ सालको आन्दोलनले देशमा चेतनाको स्तर उठाएको थियो । किनकि बहुदल र निर्दलको पञ्चायती चुनाव पक्षपातपूर्ण थियो । २०४१ सालको कुरो हो । म कक्षा आठमा । श्री विजय भवानी मावि मकैसिंग गोरखामा भर्ना भएको थिएँ । जुन मेरो घरबाट ४ घन्टाको पैदलदूरीमा थियो । चप्पल, कट्टु र सर्टमा ठाँटिएर कक्षा ८ पढ्न पाउँदा साह्रै गर्व लागेको थियो ।

किनकि घर भएको ठाउँमा कक्षा ७ सम्म मात्रै पढाइ हुन्थ्यो । नयाँ विद्यार्थी, नयाँ ठाउँ, नयाँ कक्षा, नयाँ किताब कापी, नयाँ झोला, नयाँ सोचाइ र गाउँको भन्दा अलि ठूलो हाईस्कुल, यहाँको वातावरण मलाई नौलो लागिरहेको थियो र रमाइलो पनि ्र कक्षा सञ्चालन भएको १/२ महिना मात्रै भएको थियो, विद्यालयमा ठूलो विवाद सुरु भयो । अहिले बुझ्दा, पञ्चायती व्यवस्था समर्थक र पञ्चायती व्यवस्था विरोधी हरूको विवाद रहेछ । सबै पढेलेखेका मान्छेहरु पञ्चायती विरोधी र धनी बानी र समृद्ध मान्छेहरु पञ्चायती व्यवस्थाका समर्थक । त्यस्तै थियो मेरो बाल दिमागको मथिंगलमा घुसेको कुरा ्र यही क्रममा एउटा बाल कमिटी निर्माण भयो म अध्यक्ष भए ।

हाम्रा धेरैजसो शिक्षकहरु पञ्चायती विरोधी हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चायतका नाम चलेका मान्छे थिए । विवाद बढ्दै जाँदा विद्यालय व्यवस्थापन समितिले एक दर्जन शिक्षक र एक डेढ सय विद्यार्थी निष्काशन गर्ने निर्णय गर्यो । बाल संगठनको अध्यक्ष भएको नाताले म निष्काशनमा पर्ने भए । त्यस्तै पञ्चायतविरोधी भएको हुनाले मेरो दाजु विज्ञान शिक्षकको पनि त्यहाँबाट निष्काशन हुने कुरा पक्का भयो । शिक्षकहरु र अलि ठूला नेता विद्यार्थीहरुलाई तत्कालिन पञ्चायती व्यवस्थाले धरपकट गरी हिरासत हुँदै जेल यातना दियो ।

जसमध्येमा त्यसबेलाका सहायद कक्षा ९ का हरिराज अधिकारी (कुमार) अहिलेको गोरखा जिल्लाका संघीय सांसद हुनुहुन्छ । उहाँले भने अनुसार यातना दिनेक्रममा उहाँका खुट्टाका औंला र नङबाट ठोकेर पिन छिराई, खुट्टालाई डोरीले बाँधेर, टाउको तल गरेर पैतालामा फलामका रडले हिर्काएर रगत छदाइन्थ्यो । खाली कागजमा हस्ताक्षर गराइन्थ्यो । मैले, त्यस्तै भोग्नु चाहिँ परेन । झण्डै आधादर्जन त्यसबेलामा हामीलाई पढाउने शिक्षकहरू पनि पर्नु भयो । जसमध्ये एकजना मेरो ठूलो दाजु पनि हुनुहुन्थ्यो ।

अध्ययन–अध्यापन उनले विकराल स्थिति हो र अब अर्को स्कूल छनौट भयो । ज्ञान मार्ग माध्यमिक विद्यालय घ्याल्चोक गोरखा । त्यसबेलामा जुनसुकै स्कुल ले हामीलाई पढ्ने सुविधा पनि नदिने थियो । कि हामी राजनीति गर्ने र पञ्चायत विरोधीको रुपमा चित्रित भइसकेका थियौं । कक्षा ८ को बालमनोविज्ञान दोस्रो स्कुल भर्ना भईयो ।

अब डेरा गरेरै बस्नुपर्ने बाध्यता थियो । हरेक शुक्रबार घर जाने र शनिबारको बेलुका झोलामा चामल, नुन, बेसार तिउन्, तरकारी बोकेर, दाउरा आँफैले खोजि, दाउराले भात पकाएर, भाँडा माझेर, टाढाबाट पानी ल्याएर, कपडा, सिरक, तकिया खोलहरु, आफै धुनु पर्दा….।, त्यो व्यवस्था मिलाएर पढ्नुपर्ने त्योबेलाको परिवेश थियो । हामी चारजना एउटै कोठामा डेरा गरेर बस्थ्यौं । कोठा भनेको ढोका रहित खुल्ला ठाउँ थियो । घर गाउँमा खासै कोठा व्यवस्थाको घरहरु कमै हुन्छन् ।

समयले पहिलाभन्दा बाल मष्तिष्कलाई परिस्कृत र सिर्जनात्मक बनाउँदै लगिसकेको थियो । म मा पनि त्यो एकखालको नयाँ भावनाको विकास पूर्णरुपमा भइसकेको थियो । थप राजनैतिक चेतनाको विकास पनि भयो । नेतृत्व क्षमता, सोच्न सक्ने क्षमता र सम्झना शक्ति पनि तीव्र हुँदै गयो । म आफ्नो कक्षामा दोस्रो हुने स्तरको विद्यार्थी भए । यी माथिका हरफहरु कलमले उतार्दा सामान्य भएपनि, भोग्दा भयानक थियो । अहिले सुन्दा सामान्य र त्यतिबेलाका भयानक जीवन मरण का घटनाहरु, सामान्य घटना होइन रहेछन् । मेरो बाल सङ्गठन त राज्य सत्ता परिवर्तन गर्नसक्ने संगठन हो रहेछ ्र मलाई शिक्षा दिने गुरु हरु, ती सम्पूर्ण जनताहरुलाई प्रशिक्षित गरेर, सरकार सत्ता विरोधी गतिविधि सञ्चालन गर्ने पो रहेछन् ।

सुरुमा मलाई के थाहा त्यस्ता कुराहरु होइन र ? मलाई मात्र थाहा छ, आमाले भनेको कुरा, सुरुसुरु स्कुल जानु, आफ्नो सुरगर्नु, पाठ गर्नु, फर्केर आउनु, खान बनाउनु, खाना खानु, आफ्नो कोठामा सुत्नु, कोहीसँग पनि केही नबोल्नु, सानो बनेर (आफ्नो बाटो हिंड्नु तर मैले कहिल्यै त्यस्तो परिस्थिति देखिन विद्यालयमा ्रविद्यालय वरपर, घर गाउँको वातवरणमा, त्यहाँ त दुई पक्ष मान्छेहरु हुन्थे ्र एउटा पक्षले अर्कोलाई सके थर्काउने, पिट्ने , हातखुट्टा भाच्ने गरि पिट्ने, उस्तै परे मारी पनि हाल्ने जस्ता गतिविधिहरु पनि हुन्थ्यो ्र यस्ता गतिविधिहरु चाहेर( नचाहेर, देख्दै(देखाउँदै देखाउँदै आउनु मेरो दैनिकी भयो ।

ऋषेश्वर मेरो साथी हो । अनगिन्ती दिनहरू मध्ये एक दिनको घटना हो । ऋषेश्वरको मकैबारीमा एकजना रुपाखेतीको भैंसी फुकेर निकै बालि खाएछ । यो कम्युनिष्ट–कम्यूनिश्टको इलाकामा कम्युनिस्ट विरोधीको भैसीले बालि खायो । यो एरियामा सरकार पनि अलि हचकिन्थ्यो, त्यतिबेलामा पनि । सरकारवादीहरुलाई कसरी सिध्याउन सकिन्छ भन्ने कम्युनिष्टहरुले बाहना खोजिरहेको बेला, एउटा महत्वपूर्ण बाहना भयो भैसिले मकै खानु । थुप्रै घटनाहरु त्यो दिन भन्दा अगाडि सुन्दै आएको हो आज फललाई कुटिएको रे ! कस(कसको खुट्टा हातखुट्टा भाँचियो रे ! भनेको सुनेको शिक्षकहरु पनि सहभागी हुनुहुन्थ्यो रे ! अथवा सरहरुले गराउनु भएको रे ! आदि–आदि घटनाहरु सुनिन्थ्यो । तर त्यो दिन आफ्नै आँखा अगाडि उक्त रुपाखेती थरको व्यक्तिलाई धुली मैदान, मंडी धुलाई हुने योजना गरिएको थियो ।

यो योजना यसरी रचिएको थियो कि, जुन घटनाले पूरै जिल्लाभरी तहल्का मच्चिएको, सरकारको ध्यानाकर्षण गरिएको, कुनै हताहतीको समाचार बनोस । तब मात्र सरकार हामीसँग वार्तामा आउँछ र हाम्रो थुनिएका साथीहरुलाई निष्कासन गर्न सकिन्छ भनी, त्यहाँको नेतृत्व निष्कर्ष पुगेको थियो । सारा गाउँले सरकारको विरोधमा र योजनाको पक्षमा थिए । यस घटनाको सुरुवात मेरो साथी ऋषेश्वर गर्नुपर्ने थियो र उसैले झगडा गर्न शुरु गरेपछि, थप अप्रेसन अघि बढ्ने निर्णय भयो ।

सोहीबमोजिम, त्यो रुपाखेतीलाई स्कुलमा बोलाइयो । उ आयो रुप निउ खोज्न सबै जम्मा भैयो। मानौं वातावरण हर्षोल्लास पूर्ण छ। यो एक प्रकारको राष्ट्रिय एजेण्डा बनाएजस्तो देखिन्छ त्यहाँ, माहोल हेर्दा । ऋषेश्वर र रुपाखेती आमुने सामुने भए । सारा मान्छेहरुले घेरा हाले । कोही रमितिहरुको अनुमान छ कि,अव लडाइँ सुरु हुनै लाग्यो ! अब रणभूमि तयार हुन्छ त्यहाँ ! भाग्दा हात खुट्टाहरु भाँचिन्छ र केही समय पश्चात, हेलिकप्टर आउँछ त्यहाँ र गोला बारुद वर्षा पनि हुनसक्छ !

नेतृत्वको एउटा प्रष्ट निर्देशन थियो कि ऋषेश्वरले हात हाल्नु भन्दा पहिला कसैले पनि हात हाल्दैन । ऋषेश्वरले हुन्छ भन्यो र हामी पनि कुट्न तयारी भै बस्यौं । रुपाखेती अलि छुच्चो व्यक्ति थियो। ऋषेश्वर एकोहोरो पाराको , सोझो, नरम व्यक्ति थियो । रुपाखेती आदि इत्यादि बोल्न थाल्यो । तर ऋषेश्वरले सुनिरह्यो ्र रूपाखेतीले हो कि होइन भन्दा त्यो त हो भनिरह्यो ्र पछाडिबाट धेरै मान्छेले घचेटे, चिमटे छिटो भनेर । तर ऋषेश्वर बोल्दै बोलेन ! तैपनि रिखे छुँदैन। अनि कार्यक्रम कसरी अगाडि बढाउने भन्ने कुरो, नेतृत्व नै अलमलमा पर्यो । साँझ परिसकेको थियो । मेघगर्जनसहित, घनघोर पानी परिसकेको थियो । मानिसहरु भागाभाग भयो ।

भोलिपल्ट स्कुलमा भेट भयो उसको र मेरो अनि सबैको सोधियो, हिजो किन ढिलो गरेको ? उसको जबाफ थियो, जति गरे पनि रिसै उठेन, अब म के गरौं ? फेरि–फेरि अनेक योजना बनाईए ऋषेश्वरलाई तयारगर्न । तैपनि ऋषेश्वरलाई रिसै उठेन ! सत्ता परिवर्तन भैसक्यो ्र सत्ता परिवर्तन भई त्यसबेलाका नेतृत्वहरु सत्तामा पुगेर सत्ता चलाइसकेका छन् ।्र मसंगै पढ्ने ऋषेश्वरलाई म सम्झन्छु अहिले कहाँ होला ? बिचरा देशभरका ऋषेश्वरहरु !

प्रतिक्रिया