जननेता भण्डारीको जन्मजयन्तीमा रक्तदान

नेपालखोज २०७७ असार १४ गते १७:५५

भद्रपुर । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा झापामा आज रक्तदान र वृक्षरोपण कार्यक्रम गरिएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा विर्तामोडस्थित स्पार्क पूर्वाञ्चल अस्पताल परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी उपशाखा विर्तामोडको रहेको थियो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी कमल गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गरेको छ । पार्टीका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलका अनुसार वडा नं ३ मा रहेको रतुवामाई वृक्षरोपण आयोजनाभित्र गाउँपालिकाले निर्माण गरेको चिल्ड्रेन पार्कमा विभिन्न जातका बिरुवा रोपिएको छ ।

प्रतिक्रिया