बिहीबार, वैशाख १३, २०८१

सवैभन्दा कालो

नेपालखोज २०७७ असार १६ गते ११:२१

काठमाडाै‌- कालो रंग त हामी सवैलाई थाहा नै छ । तर, सवैभन्दा कालो के चीज होला ? त्यो कमैलाई मात्र थाहा हुनसक्छ । आउनुहोस् यो कालोका बारेमा केही जानकारी लिऔं ।

कालो सवै रंगहरुको मिश्रणबाट तयार हुन्छ । कालो रंगले सुर्यको तातोपनालाई सोसेर राख्दछ । त्यसैले कालो कपडा लगाउँदा अन्यभन्दा न्यानो अनुभव हुन्छ । गर्मीमा त तातो कपडा लगाउन निकै गाह्रो हुन्छ ।

संसारकै सवैभन्दा कालो पदार्थ ‘भान्ताब्ल्याक’ हो । यो यति धेरै कालो हुन्छ कि धेरै खाल्डाखुल्डी भएको ठाउँमा यो रंग पोतिदियो भने सम्म देखिन्छ । यसले ९९.९६५ प्रतिशत प्रकाश नै सोसेर राखिदिन्छ ।

यो रंग ब्रिटेनको न्यानोटेक कम्पनीले सन् २०१४ मा विकसित गरेको थियो । यो रंगमा हरेक न्यानोट्यूवको मोटाइ २० न्यानोमिटर अर्थात् हाम्रो कपाल भन्दा पनि ३५०० गुणा पातलो हुन्छ । यसले त्यही सानो ठाउँमा प्रकाशलाई लुकाएर राख्छ । त्यसैले यो रंगमा कालो भन्दा केही हुँदैन । पुरै कालो ।

सन् २०१९ मा बीएमडब्ल्यूले एउटा कारमा यो रंग प्रयोग गरेको थियो । यो नै संसारको सवैभन्दा कालो कार मानिएको थियो ।

प्रतिक्रिया