शुक्रबार, वैशाख १४, २०८१

पुन: विवाह बन्धनमा राखि सावन्त

नेपालखोज २०७९ माघ ३ गते ११:२३

काठमाडाैं । सधैं बिबादमा आइरहने बलिउड अभिनेत्री राखी सावन्त पुन एकपटक बिबाह बन्धनमा बाधिएकि छिन । उनले आदिल खान दुर्रानी सँग विवाह गरेकी हुन् । यसअघि आदिल र राखिको कोर्ट म्यारिजको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि आदिलले उक्त विवाह स्वीकार गर्न अस्वीकार गरेका थिए । यद्यपि अहिले इन्स्टाग्रामको एक पोस्टमा आदिलले दुवै पति-पत्नी भएको कुरा लेखेका छन । आदिलले इन्स्टाग्रामको त्यो पोस्टमा राखीसँगको निकाहको तस्विर समेत सेयर गरेका छन्।

आदिलको यो पोस्टमा राखी सावन्तले पनि कमेन्ट गरेकी छिन् । श्रीमानको यो पोस्टलाई लाइक गर्दै उनले कमेन्ट बक्समा लेखेकी छिन्– ‘धन्यवाद प्रिय, धेरै धेरै माया ।

आदिलको यो पोस्टपछि राखी एक पटक आदिलसँग मुम्बईको सडकमा हिडिरहेको देखिएकी थिइन् । यस क्रममा राखीको अनुहारमा मुस्कान देखिन्छ । उक्त भिडियोमा राखीसँग आफ्नो विवाहको पुष्टि गर्दै आदिलले उनलाई बधाई दिइरहेका छन् भने राखी आदिलको कुरा सुनेर भावुक भएको देखिन्छ । यो भाइरल भिडियोमा आदिलले राखीसँग हात जोडेर माफी मागेको पनि देखिन्छ। राखिको यो तेस्रो बिबाह बताइदैछ ।

प्रतिक्रिया