बिहीबार, वैशाख १३, २०८१

तामा भन्दा कपाल बलियो हुन्छ ! कपालको बारेमा केही रोचक कुराहरु

नेपालखोज २०७७ साउन ८ गते ११:५८

मानिसको सुन्दरता कपालमा हुन्छ । लाखौँ खर्च गरेर आफ्नो कपालको स्याहार गर्नै पनि भेटिन्छन् । कोही मानिस उमेरमै कपाल झरेर तालु बन्छन् र चिन्तित बन्छन् । अर्थात मानिसले जवान उमेरमा कपाललाई निकै महत्व दिन्छन् । जान्नुहोस कपालको बारेमा केही रोचक कुराहरुः

१. एउटा कपालको आयु करिब ५ वर्षसम्म हुन्छ ।
२. मानव शरीरमा सबैभन्दा छिटो बढ्ने कोषमा कपाल दोस्रो नम्बरमा आउँछ ।
३. टाउकोको ५० प्रतिशतभन्दा बढी कपाल झर्यो भने मानिस तालुखुइले देखिन्छ ।
४. कपालमा ५० प्रतिशत कार्बन, २१ प्रतिशत अक्सिजन, १७ प्रतिशत नाइट्रोजन, ६ प्रतिशत हाइड्रोजन र ५ प्रतिशत सल्फर हुन्छ ।
५. शरीरमा विभिन्न समयमा ९० प्रतिशत कपाल बढिरहँदा १० प्रतिशत कपालको बढ्ने प्रक्रिया चाहिँ रोकिइरहेको वा आराम गरिरहेको अवस्थामा हुन्छ ।
६. एउटा स्वस्थ कपाल भिजेको अवस्थामा त्यसको फैलावट ३० प्रतिशतसम्म बढ्न सक्छ ।
७. हाम्रो तालुमा सामान्य रुपमा एक लाखदेखि लिएर एक लाख पचास हजारसम्म कपाल हुन्छ ।
८.  तामा भन्दा कपाल बलियो हुन्छ । अर्थात, एउटा कपालको त्यान्द्रो त्यही आकारको तामाको तारभन्दा बलियो हुन्छ ।

प्रतिक्रिया