बुधबार, वैशाख १२, २०८१

यस्तो परम्परा, जहाँ पान खुवाएर गरिन्छ बिहे

नेपालखोज २०७७ माघ २ गते १२:५२

काठमाडौं । विश्वमा विभिन्न समुदाय तथा भौगोलिक क्षेत्रहरुमा विवाहका आ–आफ्ना मौलिक परम्पराहरु छन् । आफूले अंगिकार गर्दै आइरहेकाभन्दा बाहिरका संस्कार र परम्परा अन्य समुदायका लागि अनौठो लाग्ने गर्दछ । कतिपय बिहे परम्पराहरु आफैमा निकै अनौठा हुन्छन् ।

छिमेकी मुलुक भारतको मध्य प्रदेशको हरदा जिल्लामा यस्तै अनौठो बिहे परम्परा छ । त्यहाँ बिहेभन्दा अगाडि पान खुवाइन्छ र आफ्नो जीवनसाथी छनोट गरिन्छ ।

हरदा जिल्लाको मोरगढी गाउँमा हरेक वर्ष दीपावलीभन्दा एक हप्ता पछाडि एउटा अनौठो मेला लाग्दछ । त्यसमा ठूलो संख्यामा आदिवासी युवक तथा युवतीहरु सहभागी हुन्छन् । उक्त बजारमा आदिवासी युवा युवतीले एक अर्कालाई पान खुवाएर बिहे गर्ने प्रथा प्रचलित छ ।

स्थानीय मानिसहरुका अनुसार मोरगढी गाउँमा यो अनौठो परम्परा सदियौँदेखि चलिआएको छ । त्यहाँ दिनभर युवा युवतीहरुसँगै घुम्दछन् र बेलुकी विवाह बन्धमा बाँधिन्छन् ।

पान खुवाएपछि बिहेको घोषणा गरिन्छ । त्यसपछि बेहुलाले बेहुली लिएर आफ्नो घर जान्छ र बेहुलीका बुवा–आमालाई त्यसको जानकारी गराइन्छ ।

छोरीको बिहे भएर बेहुलाको घर पुगिसकेको जानकारी पाएसँगै बेहुलीका बुवा–आमाले उनको खोजीनीति गर्दैनन् ।

–एजेन्सी

प्रतिक्रिया