सुनकाे मूल्य बढ्ने क्रम राेकिएन्, प्रतिताेला ९८ हजार २ सयमा काराेबार
नेपालखोज
२०७७ साउन १३ गते ११:२३
काठमाडौं । साताको तेस्राे दिन मंगलबार सुन प्रतिताेला ९८ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार प्रतिताेला ९७ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा ७ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।
पछिल्लाे दिनमा सुनचाँदी दिनप्रति दिन बढ्दै गएकाे छ । त्यस्तै साेमबार ९७ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार प्रतिताेला ९७ हजार ७ सय ६० रूपैयाँमा बिक्री भइरहेको छ ।
साताको दास्राे दिन साेमबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएकाे चाँदी मंगलबार १ हजार २ सय ४५ रूपैयाँमा काराेबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया