कमलादीमा मंगलबार विहान समातिएको सुन नक्कली
नेपालखोज
२०७७ साउन १३ गते १६:०२
काठमाडौं । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो पहेंलो धातु रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो ।
ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।
अझै पनि गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने नखुलेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको छ । बरामद भएको नक्कली सुनसहिद सो झोलामा दुई वटा पेस्तोल पनि रहेको थियो ।
सम्बन्धित समाचार
काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद
सम्बन्धित

प्रतिक्रिया