विवाहको निमन्त्रणाको अनौठो जवाफ ‘नर्कमा स्वागत छ’
काठमाडौं (एजेन्सी) । भारतीय नौसेनाका एक पाइलट निसान्त सिंहले विवाहको अनौठो निमन्त्रणा पठाएका छन् । ‘बाइट द बुलेट’ नाम गरिएको उक्त निमन्त्रणा आफ्ना कमाण्डिङ अफिसरलाई पठाएका हुन् ।
निमन्त्रणामा उनले भनेका छन्– म जानिजानि आफैंमाथि परमाणु बम खसाउँदैछु । मेरो जीवनको यो फैसलालाई फेरी मूल्यांकन गर्ने समय मसँग हुनेछैन । ३ वर्ष लामो प्रेम सम्वन्धमा हामीले यति बुझ्यौं कि एकअर्कालाई सहन सक्छौं । हाम्रो परिवारले पनि सहमति दिइसक्यो । अहिले सवैतिर लकडाउन भइरहेका बेलामा आफ्नो इच्छाले बलिदान दिउँ भन्ने इच्छा आयो । किनकि म पनि उही बाटोमा हिँड्न सकौं जुन बाटोमा तपाइ अनि तपाइ जस्तै सहासिक योद्धाहरु विवाहरुपी आर्यघाटमा जीवन गुजारी रहनुभएको छ ।
आशा गर्दछु तपाइले मेरो आत्मघाती गल्तिलाई माफ गर्नुहुनेछ । यस्तो गल्ति यो जीवनमा कहिलै पनि गर्नेछैन । आउने दिनमा मसँग तालिम लिने अन्य पाइलटलाई पनि सिकाउने छु । म माथि कृपा गर्दै यो बर्बादीको साक्षी जरुर बन्नुहुनेछ । म बाटो हेरेर बस्नेछु ।
अफिसरको जवाफ यस्तो थियो– तिमी राम्रा पाइलट हौ । तिम्रो हरेक प्रकारको विश्वास मैले देखेको छु । ठीकै छ, आत्मघाती निर्णय लिइसकेछौं । यो संसारमा सवै राम्रा चिजहरुको अन्त चाँडै हुन्छ । म तिम्रो बर्बादीको साक्षी बन्न जरुर आउनेछु । ‘नर्कमा तिमिलाई स्वागत छ ।’
प्रतिक्रिया