काठमाडौं । कृष्ण जन्माष्टमीको दिन अर्थात साउन २७ गते ललितपुरको कृष्ण मन्दिर बन्द रहने भएको छ ।
बिहीबार ललितपुर महानगरपालिका र मंगलटोल सुधार समितिबीच भएको संयुक्त बैंठकमा कोरोनाको जोखिम बढेसँगै यस वर्ष आउँदो मंगलबार (साउन२७ गते) कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर नखोल्ने निर्णय भएको महानगरका प्रवक्ता राजु मर्हजनले बताए ।
प्रवक्ता मर्हजनले बिहीबार प्रेस विज्ञप्तीमार्फत ‘मंगलबार पर्न गएको श्रीकृष्ण जन्माष्टमी पर्वका दिन हाल व्यापक रूपमा फैलिरहेको कोभिड १९को महामारीका कारणले ललितपुर मंगलबजारस्थित कृष्णमन्दिर बन्द रहने श्रद्धालु भक्तजनहरूमा जानकारी गराउँछौं,’ सो कुरा उल्लेख गरेको छ ।
यस्तै सबैजना घरबाट पुजा गरी परम्परालाई निरन्तरता दिन अनुरोध गरिएको छ ।
प्रतिक्रिया