मंगलबार, चैत ४, २०८१

सुशान्तकी आमाको तस्वीर सेयर गर्दै सुशान्तकी पूर्वप्रेमिकाले लेखिन् …

नेपालखोज २०७७ साउन २४ गते ८:४८

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु भएको एक महिनाभन्दा बढी भइसकेको छ । तर, उनको विषयमा अझै पनि भारतीय मिडियामा समाचार छाइरहेको छ ।

Advertisement

पछिल्लो समय उनको मृत्युबारे सिबिआई जाँच हुने विषयले निकै चासो जन्माएको छ । उनका बाबुले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा हालेका छन् । उनी र अन्य ५ जनाविरुद्ध अब सिबिआई जाँच हुन लागेको हो ।

यसैबीच सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेले सुशान्तकी आमाको तस्वीर सेयर गरेकी छिन् । तस्वीर सेयर गर्दै अंकिताले लेखेकी छिन्– विश्वास छ कि दुवै जनासँगै छौ ।

सामाजिक सन्जालमा अंकिताले राखेको यो तस्वीरमा सुशान्तकी बहिनी श्वेताले पनि कमेन्ट गरेकी छिन् । उनले आफूहरु न्याय नमिलेसम्म लड्ने कमेन्ट गरेकी छिन् ।

प्रतिक्रिया