किक–२ मा सलमान र ज्याकलिनको मुख्य मूमिका
एजेन्सी । किकमा सँगै दखिएका सलमान खान र ज्याकलिन पुनः संगै देखिने भएका छन् । सलमान र ज्याकलिन किक–२ मा देखिन लागेका हुन् ।
साजिद नाडियावालले किक -२ निर्माणको घोषणा गरेका छन् । यो फिल्मका लागि निर्माता निर्देशक साजिदले नायिका ज्याकलिनलाई किक–२ का लागि अनुबन्धित गरेका छन् । फिल्ममा नायक सलमान खानसँगै नायिका ज्याक्लिन चयन भएकी छन् ।
निर्देशक साजिदले चलचित्रको कथा फाइनल गरेका छन् । कथा फाइनल गरेसँगै उनकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा चलचित्र नै गिफ्ट गरेकी हुन् । नायक सलमान खान र नायिका ज्याकलिन अभिनित चलचित्र ‘किक’ बक्स अफिसमा हिट भएपछि यो फिल्मको दोस्रो संस्करण बन्न लागेको हो ।
मंगलबार अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्म दिनको अवसर पारेर निर्देशक साजिद र उनकी श्रीमतीले ज्याकलिनलाई यो नयाँ फिल्ममा अनुबन्धित गरेका हुन् । फर्महाउसबाट सोमबार मात्र आफ्नो घर फर्किएका सलमान मंगलबार ज्याकलिनसँगै यो फिल्ममा आधिकारिक रूपमा जोडिएका हुन् । जन्मदिनको अवसरमा किक–२ को घोषणा पनि गरियो ।
प्रतिक्रिया