पीडितलाई अक्षयको करोड सहयोग
नेपालखोज
२०७७ साउन ३० गते २२:०३
एजेन्सी । बलिउड अभिनेता अक्षयकुमारले बिहार र असमका बाढी पीडितका लागि एक करोड (भारतीय रुपैया) सहयोग दिने भएका छन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् ।
अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् । अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्डमा छन् ।
उनले दुबै राज्यका मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पीएम राहत कोषमा दिने बताएका छन् । आपतविपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन ।
देशमा संकट परेको समय अक्षय हमेसा मद्दतका लागि अगाडी देखिँदै आएका छन् । संसारभर आतंक मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौंपटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया