शुक्रबार, वैशाख १४, २०८१

बलिउडमा अभिनेत्री उर्मिलाको कमब्याक

नेपालखोज २०७७ फागुन २५ गते १३:५८

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोडकर लामो समयपछि बलिउडमा कमक्याक गर्दैछिन् । सन् २०१९ मा राजनीतिमा प्रवेश गरेपछि उनी फिल्ममा नफर्कने अड्लबाजी गरिएको थियो ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी चाँडै नयाँ फिल्म लिएर दर्शकमाझ आउदैछिन् । एक वेब सिरिजको तयारी गरिरहँदा कोरोना महामारीका कारण त्यो काम रोकिएको थियो ।

‘मलाई लाग्छ कि अब बलिउडमा पुनः प्रवेश गर्नका लागि समय आइसकेको छ । जब म आफ्नो करियरको बारेमा सोच्दछु, तब मलाई दर्शकको हृदयमा पुनः स्थान बनाउन सक्छु भन्ने लाग्छ । मेरो अहिलेसम्मको करियर सानदार रह्यो । त्यहीकारण म अहिले तुरुन्तै यसको अन्त्य चाहन्नँ’, उनले भनेकी छन् ।

उर्मिलाले ९० को दशकमा सबै ठूला निर्माता, निर्देशक तथा अभिनेतासँग काम गरिन् । उनका लागि राम गोपाल वर्माको फिल्म ‘रंगीला’ कोशेढुंगा साबित भयो ।

प्रतिक्रिया