बिहीबार, वैशाख १३, २०८१

लागुऔषध मुद्दाका कारण साराले गुमाइन टाइगरसँगको चलचित्र

नेपालखोज २०७७ पुष ३ गते १५:३८

एजेन्सी। सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषधको मुद्दा आएपछि एनसीबीले बलिउडका थुप्रै कलाकारसँग सोधपुछ र पक्राउ पनि गर्‍यो । जसमा अभिनेत्री सारा अली खान पनि परेकी थिइन् । यसकै कारण साराले अभिनेता टाइगर श्राफसँग चलचित्र खेल्ने मौका गुमाउनु परेको छ ।

खबरका अनुसार सारालाई एनसीबीले बयानका लागि पत्र पठाएका कारण उनलाई टाइगरसँग ‘हिरोपन्ती २’ बाट हटाइएको हो । यस मुद्दाका कारण साराको ठाउँमा निर्माण टिमले अभिनेत्री तारा सुतारियालाई लिएको छ ।

रिपोर्टअनुसार सारालाई एनसीबीले पत्र पठाउनेबित्तिकै निर्माताले साराको नाम हटाएका थिए । किनभने साराका कारण चलचित्रमा कुनै खतरा उठाउन निर्माण पक्ष तयार थिएन् ।

ताराले ‘स्टुडेन्ट अफ दी इयर २’ बाट डेब्यु गरेकी थिइन् । जसमा उनी टाइगरको अपोजिटमै थिइन् र योसँगै टाइगर र तारा दोस्रोपटक एकसाथ देखिन थालेका हुन् । चलचित्र ‘हिरोपन्ती २’ को निर्देशन अहमद खानले गर्दै छन् । चलचित्रको छायांकन पनि चाँडै गरिने नवभारत टाइम्सले लेखेको छ ।

प्रतिक्रिया