सोमबार, वैशाख १५, २०८२

सुशान्तको दिल बेचारा न्यूजील्याण्डको सिनेमाघरमा रिलिज

नेपालखोज २०७७ साउन ३१ गते १९:३०

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा सिनेमा घरमा रिलिज भएको छ । अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो ।

फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन् । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ ।

न्यूजिल्याण्ड कोरोना संक्रमण मुक्त भएपछि त्यहाँ फिल्म रिलिज गरिएको हो । त्यहाँ जनजीवन पहिलाको जस्तै बनिसकेको छ । तर १०२ दिन पछि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसका कारण थप सावधानी अपनाइएको छ । सुशान्तको उक्त फिल्म दिल बेचाराको प्रिमियर पनि अकल्याण्डको होयत्स सिनेमामा राखिएको छट । यो फिल्मको प्रिमियरमा सबैभन्दा पहिला त्यहाँ उपस्थितहरुले सुशान्तका लागि एक मिनेटको मौन धारण गरेका थिए । त्यसपछि मात्र फिल्म स्क्रिनिङ शुरु भएको थियो । सोसल डिस्टेन्सिङलाई ध्यानमा राख्दै फिल्म हलमै फिल्म प्रदर्शन भएको हो ।

प्रतिक्रिया