श्रीमतीलाई अंश दिनुपर्ने भएपछि ८ करोड आगोमा जलाउने व्यापारी
श्रीमतीलाई आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि एकजना ब्यापारीले १० लाख डलर आगो लगाएर नष्ट गरेका छन् । यो घटना क्यानाडाको राजधानी ओटावाको हो । क्यानाडाका ब्रुस मककोनभिल नाम गरेका ब्यापारीले श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि आफूले त्यसो गरेको दाबी गरेका छन् ।
उनले अदालतमा दिएका बयान अनुसार उनले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।
सम्बन्धविच्छेद सम्झौताअनुसार उनले श्रीमतीलाई अंश दिनुपर्ने र आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ । एजेन्सी
प्रतिक्रिया